शनिबार, चैत्र १८, २०७९

१६ बुँदे सहमति अनुरूप प्रतिवेदन तयार गर्न उपसमितिलाई निर्देशन

काठमाडौ ज्येष्ठ ३१, संविधान मस्यौदा समितिको आज बसको बैठकले मुलुकका प्रमुख दलवीच भएको १६ बुँदे सहमति पछि सहमतिको भावना अनुरुप मस्यौदा प्रतिवेदन तयार पार्न आफु biccअन्र्तगतका उपसमितिलाई निर्देशन दिएको छ ।  त्यस्तै बैठकले भरतमोहन अधिकारीको संयोजकत्वमा  व्यवस्थापिका उपसमिति, हितराज पाण्डेको संयोजकत्वमा कार्यपालिका उपसमिति, रमेश लेखकको संयोजकत्वमा न्यायसमिति, जितेन्द्र देवको संयोजकत्वमा प्रस्तावना उपसमिति र इन्द्रसुन्दर नेम्वाङको संयोजकत्वमा मौलिक हक उपसमिति लाई उक्त प्रतिवेदन अषाढ २ गते बस्ने समितिको पूर्ण बैठकमा पेस गर्ने पनि निर्देशन दिएको जानकारी दिदै उपसमितिको प्रतिवेदन आएपछि समितिको बैठकले कार्यदल गठन वा अन्य प्रक्रियामार्फत मस्यौदा लेखन कार्य अगाडि बढाउने समिति सदस्य रमेश लेखकले जानकारी दिनुभएको छ ।

यसअघि भरतमोहन अधिकारीको संयोजकत्वमा व्यवस्थापिका उपसमिति, हितराज पाण्डेको संयोजकत्वमा कार्यपालिका उपसमिति, रमेश लेखकको संयोजकत्वमा न्यायसमिति, जितेन्द्र देवको संयोजकत्वमा प्रस्तावना उपसमिति र अइन्द्रसुन्दर नेम्वाङको संयोजकत्वमा मौलिक हक उपसमिति गठन गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2015
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031