बिहिबार, चैत्र ९, २०७९

सेवाग्राहीसँग घुस लिँदालिँदैको अवस्थामा सचिव थापा पक्राउ

काठमाडौ अषाढ ४,   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुढानीलकण्ठ नगरपालिका–४, ५ र ६ का संयुक्त वडा सचिव राजकुमार थापालाई सेवाग्राहीसँग घुस  लिँदालिँदैको अवस्थामा आज पक्राउ गरेको छ ।

आयोगद्दारा आज जारी विज्ञप्तिमा उल्लृख भएअनससार सचिव थापाले घरजग्गा करबापत नियमानुसार घर र घरले चर्चेको जग्गाको कर कम तिर्ने गरी रकम मिलाइदिन्छु भनी एक सेवाग्राहीसँग रु तीस हजार घुस लिँदालिँदै गर्दाको अवस्थामा रङगेहात वडा कार्यालयमानै पक्राउ गरेको जनाएको छ ।