बुधबार, चैत्र १५, २०७९

सहमति जुटाउँदा केही विषयमा लेनदेन भएको अध्यक्ष दाहालको खुलासा

काठमाडौ अषाढ २, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले पहिचानसहितको सङ्घीयताका लागि आफ्नो पार्टी प्रतिबद्ध भए पनि सहमति जुटाउँदा केही विषयमा prachandaलेनदेन भएको खुलासा गरेका छन । आदिवासी जनजाति महासङ्घले आज दाहालनिवास लाजिम्पाटमा बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले प्रमुख राजनीतिक दलबीचमा सहमति जुटाउन केही विषयमा लचकता अपनाउनुपरेको भए पनि पार्टीले विगतदेखि उठाउँदै आएको विषयबाट पछाडि नहटेको बताउँनु भएको हो ।

त्यस्तै अध्यक्ष दाहालले एमाओवादी मूलभूत एजेन्डाबाट पछाडि नहटेको तथा सीमाङ्कन र नामाङ्कन गर्दा हाल छुटेको विषय सम्बोधन गर्न सकिने उल्लेख गर्दै पहिचानसहितको सङ्घीयता र १० प्रदेशको अडान कायम राखिरहँदा संविधान नबन्ने खतरा बढेको र मुलुक सधैँ यथास्थितिमा रहने भएकाले केही जोखिम उठाइएको जिसकर गर्दै दाहालले सङ्घीयताको आधारभूत विषय नछाडिएकाले थप अधिकार प्राप्तिका लागि आ–आफ्ना दलमा दबाब दिन आग्रह गर्नुभएको आदिवासी जनजाति महासङ्घका अध्यक्ष नगेन्द्रकुमाललाई उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2015
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031