सोमवार, चैत्र १३, २०७९

सभासदबाटै श्रीमती माथि घरेलु हिंसा भएपछि अरुको के कुरा ?

काठमाडौ अषाढ ३,  सभासद तथा तमलोपाका नेता वृजेशकुमार गुप्ताले दाइजोको कारण देखाउँदै पटक–पटक कुटपिट गरेको, विवाह गरेको सात वर्षसम्म पनि विवाह दर्ता र नागरिकता नबनाइदिएको मात्र नभएर चार वर्षको छोराको जन्म दर्ता नगरिदिएको, पटक–पटक सम्बन्ध विच्छेद गर्न दबाब दिएको र पटक–पटक गर्भपतन गराउन दबाब Brigesh-kumar-gupataसहित आफूमाथि श्रीमान्ले घरेलु हिंसा गरेको भन्दै न्यायका लागि आग्रह गरेकी छिन ।

श्रीमती गुप्ताले आज राजधानीमा पत्रकार सम्मेलन गरी आफना श्रीमान् तथा सभासद वृजेशकुमार गुप्ताले विवाहपछि मेरो श्रीमान्ले दाइजो स्वरूप स्कर्पियो गाडीको माग गरेको र त्यो माग मेरो माइतीबाट पूरा गर्न नसकेपछि ममाथि ज्यादती सहित घरेलु हिंसा गर्दै आएको खुलासा गरेको हो ।

त्यस्तै पत्रकार सम्मेलनमा श्रीमती गुप्ताले न्यायको माग गर्दै संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, तमलोपाका अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय महिला आयोगलाई समेत ज्ञापनपत्र र निवेदन दिएको तर त्यसको सुनुवाइ नभएको समेत बताएको प्राप्त समाचारमा उल्लेख रहेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2015
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031