शनिबार, अशोज ६, २०८०

संस्था माफियाको आर्थिक प्रभाव पछि साल्ट ट्रेडिङमा मन्त्री थापाको गिद्दे दृष्टि

काठमाडौं ज्येष्ठ ३२,  विपदको बेलामा देशको वाणिज्य तथा आपूर्ति व्यवस्थालाई चुस्त र दुरस्त बनाउँन कम्मर कसेर लाग्नुपर्ने अवस्थामा काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर भने जस्तै वाणिज्य तथा आपूर्ति व्यवस्थालाई समेत लडालिङग बनाउँदै आपूर्ति तथा वाणिज्य मन्त्री सुनीलबहादुर थापा केहि विदेशी संस्था माफियाको आर्थिक प्रभावमा पर्दै साल्ट ट्रेडिङले बिक्री वितरण गर्दै आइरहेको नूनको एकाधिकार खोस्ने योजनामा लागिपरेका छन् ।

समाचार स्रोतका अनुसार मुलुकको भूगोल अनुरुप नेपाल सरकारको ढुवानी भाडा अनुदानमा दुर्गम र सुगम जिल्लाको पहिचान गरि फरक फरक ब्राण्डमा नून विक्री वितरण गर्दै जनतालाई सर्वसुलभ र सस्तो मूल्यमा गुणस्तरीय नून आपूर्ति गर्दै आईरहेका साल्ट ट्रेडिङ कर्पोरेसनले गर्दै आएको नूनको बिक्री– वितरणको काम खोसेर निजी क्षेत्रलाई दिने प्रपञ्चमा लागेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार मन्त्री थापाले केहि समयअघि कुटनैटिक मर्यादाको समेतको ख्याल नगरी भारतीय लोकसभाका पूर्वसांसद समेत रहेका सोमाभाइ पटेलले भारतबाट नेपालमा आउने आयोडिनयुक्त नूनमा भ्रष्टाचार भइरहेको भन्ने आशय सहित नेपाल सरकारका प्रधानमन्त्री लगायत आपूर्ति तथा वाणिज्यमन्त्रालयमा गरको पत्राचारलाई मेसो बनाउँनुको अलावा यो छानविन त्यो छानविन भन्दै साल्ट ट्रेडिङले वर्षौदेखि बिक्री वितरण गर्दै आएको नूनको बिक्री वितरणको लाइसेन्स आफु निकट निजी कम्पनीलाई दिने गुप्त प्रपञ्च सहित क्रियाशील रहेको जानकारी हामीलाई प्राप्त भएको छ । त्यस्तै यस गुप्त प्रपञ्चमा मन्त्री थापाले छोरा सिद्धार्थ बहादुर थापा समेतलाई सक्रिय बनाएको स्रोतको दाबी छ ।  त्यस्तै साल्ट ट्रेडिङले बिक्री वितरण गर्दै आएको नूनको कारोबार खोसेर भारतस्थित गुजरात राज्यका अमुक नुन व्यापारीलाई दिने र यसबाट राम्रै आर्थिक लाभ लिने मशाय अनुरुप स्वदेसी संस्थालाई धराशाही बनाउँन लागि परेका केहि संस्था माफियाको उक्साहटमा पद र प्रतिष्ठको दुरुपयोग गर्दै नूनको बिक्री वितरण भारतीय निजी क्षेत्रलाई दिन लागि परेका समाचार स्रोतले जनाएको छ ।

यसैवीच मन्त्रालय स्रोतका अनुसार भारतीय लोकसभाका पूर्वसांसद सोमाभाइ पट्टेलले मन्त्रालयका केहि उच्चपदस्थ कर्मचारी समेतको मिलोमतोमा प्रस्तुत योजना सफल बनाउन मन्त्री थापा दिल्ली पुगेको समयमा साल्ट ट्रेडिङले बिक्री वितरण गर्दै आएको नूनको बिक्री वितरण निजी कम्पनीलाई दिने व्यवस्था कार्यान्वयन गरिदिएमा ठूलै धनराशी बुझाउँने आश्वासन प्राप्त भएपछि साल्ट ट्रेडिङमा मन्त्री थापाले गिद्दे दृष्टि राख्दै आएको बुझिएकोे छ ।

(सोमाभाइ पटेल)

करोड भन्दा माथिको आर्थिक लाभको आश्वासन पछि मन्त्री थापाले साल्ट ट्रेडिङ कर्पोरेसनले आयोडिनयुक्त नुन सार्क मुलुककै तुलनामा सस्तो र सुलभ ढङगबाट विक्री गरिरहेको पक्षलाई नजरअन्दाज गर्दै संस्था माफियाहरुको उस्काहटमा मन्त्रालयका उपल्लादर्जाका कर्मचारी समेतलाई प्रभावमा लिदै सोमाभाइ पट्टेलका इशारा अनुरुप नुन बिक्री वितरणमा कर्पोरेसनको एकाधिकारका कारण भ्रष्टाचार भएको र उक्त भ्रष्टाचार रोक्न नून बिक्री वितरण जिम्मा निजी क्षेत्रलाई दिनु पर्ने आशयको प्रतिवेदन बनाउँन आदेश दिएको समाचार स्रोतको दावी रहको छ । त्यस्तै मन्त्री थापाले उक्त प्रतिवेदनमा नूनको बिक्री वितरण निजी क्षेत्रलाई दिदा नुनको मूल्य अहिलेको परल मूल्यभन्दा भन्दा निकै सस्तो पर्ने भन्ने जस्ता भाषागत व्यवस्था राख्न पनि आदेश दिएको मन्त्रालय स्रोतले बताएका छन ।

स्मरण रहोस नेपालमा साल्ट ट्रेडिङले १८ रुपैयाँमा नुन बेच्छ । जुन नूनको भारतमा खुद्रा मूल्य प्रतिकेजी भारु १४ रुपैया देखि १७ रुपैया सम्मका मूल्यमा विक्री भइरहको छ । यसरी नूनको नेपाली मूल्य हेर्ने हो भने ने रु २३ देखि २७ रुपैया प्रति केजी प्याकेटको पर्छ भने यस्तअ‍े अवस्थामा नूनबो विक्री निजी क्षेत्रलाई दिदा नूनको मूल्य अहिलेको परल मूल्यभन्दा भन्दा निकै सस्तो पर्ने आकंडा मन्त्री थापाले कताबाट पाएका त्यो बुझन कुनै गारो छैन ।
यसरी आफ्नै देशमा महङगोमा जनताले नुन किनिरहेको तथ्यलाई लुकाउँदै यसअभि कूटनीति मर्यादाविपरीत भारतीय लोकसभाका पूर्वसांसद सोमाभाइ पट्टेलको लगायतका संस्था माफियाहरुको इशारामा गिद्दे दृष्टि सहित आपूर्ति तथा वाणिज्य मन्त्री सुनीलबहादुर थापाले साल्ट ट्रेडिङले नेपाल सरकारको नीति र भारत सरकारको प्राविधिक तथा आर्थिक सहयोगमा सन् १९७३ देखि एकद्वार प्रणाली मार्फत प्रभावकारी रुपमा नूनको बिक्री वितरण गर्दै अईरहेको अधिकार खोस्ने योजना आफैमा गाइ मारेर गधा पोस्ने काम सिवाय अरु केहि होईन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2015
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031