शनिबार, चैत्र १८, २०७९

शुल्क मिनाहाको माग गर्दै विद्यार्थी विद्यार्थी संगठन आन्दोलित

काठमाडौं ज्येष्ठ ३०,   बैशाख १२ गते आएको विनाशकारी भुकम्पपछि विद्यालय बिदा भएको र सो अवधीको एक महिनाको शुल्क मिनाहा गर्नुपर्ने विद्यार्थी संगठनहरुको मागलाई नीजि विद्यालयहरुले अटेर गरेको भन्दै विद्यार्थी संगठनहरू आन्दोलित भएका छन् । शुक्रबार बसेको ११ विद्यार्थी संगठनको संयुक्त बैठकले सम्बन्धित पक्षले आफुहरुले राखेका् माग पुरा गर्न जिम्वार 11412416_10153399356362329_6576663331783426992_nनभएका कारण विद्यार्थी संगठनहरू आन्दोलनमा जान बाध्य भएको बताईएको छ ।

त्यस्तै विद्यार्थी संगठनहरुले एक महिनाको शुल्क मिनाहा गरेर विपदको समयमा अभिभावकलाई राहत दिइनुपर्ने बताउँदै आएको भएपनि नीजि विद्यालय सञ्चालकहरुले बिदा अवधीमा पनि शिक्षक कर्मचारीलाई तलब खुवाउनुपर्ने भन्दै शुल्क मिनाहा गर्न नसकिने अडानमा बसेका कारण यस्तो अवस्था सिर्जना भएको हो ।

शैक्षिक आमहड्तालसम्मका आन्दोलनको तयारीमा रहेका विद्यार्थी संगठनले घर्षका कार्यक्रम भने आज पत्रकार सम्मेलन गरेर जानकारी दिइने नेवि संघका प्रवक्ता युपी लामिछानेले जानकारी दिएकाछन । त्यस्तै प्रवक्ता युपी लामिछानेले यसवीचमा भएको सहमति अनुरुप भुकम्प गएको अवधिको एक महिनाको शुल्क शुल्क मिनाहा गर्ने सवालमा शिक्षा मन्त्रीले माग पुरा गर्ने आस्वासन दिएका कारण हामी आशावादी थियौ तर पछिल्लो समय शिक्षा मन्त्रालय पनि संचालकहरुसंग मिल्दै माग सम्बोधनका का लागि औपचारिक पहल गर्न नगरेको र विद्यार्थी आन्दोलनलाई अबमुल्न गरेको बताएका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2015
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031