सोमवार, चैत्र १३, २०७९

वर्ष २०७१को एसएलसी परीक्षाको नतिजा आज सार्वजनिक गरिदै

भक्तपुर अषाढ ४,  परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत वर्ष चैत ५ देखि १३ गतेसम्म सञ्चालन भएका वर्ष २०७१को प्रवेशिका परीक्षाको नतिजा आज सार्वजनिक गर्ने भएको छ । परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले परीक्षाफल सार्वजनिक गर्न बिहान ११ बजे बोर्ड बैठक आह्वान गरिएको जानकारी दिनुभयो । महाभूकम्पका कारण timthumbगत वर्ष भन्दा केहि समय ढिला ज्य नतिजा सार्वजनिक हुन गईरहेको जनाउँदै बोर्ड बैठक सकिएलगत्तै अन्तिम रुजु गरेर अपराह्न ५ः०० बजेसम्म परीक्षाफल सार्वजनिक गरिने जानकारी दिनु भएको छ ।

त्यस्तै यस वर्षदेखि सुरु भएको प्राविधिकतर्फको प्रवेशिका परीक्षाको नतिजा भने एक साता ढिलो हुने र श्रेणीकरण पद्धतिबाट हुने बताउँदै उहाँले एसएलसी परीक्षाको नतिजा सार्वजनिक भएको एक सातापछि मात्रै प्राविधिक एसएलसीको नतिजा सार्वजनिक गरिने बताउँनु भएको छ ।  यस वर्षको नियमित परीक्षामा पाँच लाख ७४ हजार ६८५, पुनःपरीक्षातर्फ एक लाख ४५ हजार १८३ तथा प्राविधिकतर्फ तीन हजार दुई सय ८८ छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2015
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031