आइतवार, चैत्र १९, २०७९

राहत रकम र सामग्रीको दुरूपयोग भएको पाएमा तत्काल सूचना दिन प्रम कोइरालाको आग्रह

काठमाडौं आषाढ १३, महामभूकम्पपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग रकम प्रदान गर्न प्रम निवास बालुवाटारमा पुगेका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पपीडितका लागि स्वदेश तथा विदेशबाट आएको राहत रकम र सामग्रीको sushil_koiralaदुरूपयोग भएको जानकारी पाएमा तुरुन्त प्रधानमन्त्रीको कार्यालय तथा सरकारी निकायमा खबर गर्न आग्रह गर्नुभएको छ ।

त्यस्तै प्रम कोईरालाले हरेक व्यक्ति र संस्थाले आफ्नो भाग काटेर पीडितलाई मानवीय सहयोगका लागि दिएको रकम र राहत सामग्री हिनामिना र दुरूपयोग हुन नदिने वचन वद्धता व्यक्त गर्नु भएको थियो ।

त्यस क्रममा प्रधानमन्त्री दैवी प्रकोप कोषप्रयोजनार्थ नेपाल नागरिक उड्डयन प्राधिकरणले प रु तीन करोड प्रदान गरेको थियो भने जिल्ला शिक्षा कार्यालय काठमाडौले एक करोड ३० लाख ८० हजार र लुम्बिनी बैंकले रु एक करोड दुई लाख २२ हजार २२२ प्रदान गरेको थियो । त्यस्तैगरि नेपाल जेसुइट सोसाइटी सानेपा ललितपुरले पनि रु ३५ लाख सहयोग प्रदान गरेको थियो भने अनुरूपता सहकारी संस्थाले दुई लाख पचास हजार, के एन्ड के कलेज र नेपाल क्यानडा मैत्री सङ्घले रु दुई लाख र मुद्रा सङ्कलक सङ्घको एक लाख एक हजार सहयोग गरेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2015
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031