महानगरपालिकाभित्र जग्गा अतिक्रमणको समस्या समाधान गर्न महानगरलाई निर्देशन
काठमाडौ आषाढ १५, राजधानीको रत्नपार्क सर्वसाधारणको लागि आजबाट खुला गरिएको छ । एक बर्ष अघि देखि सर्वसाधारणलाई प्रबेशमा रोक लगाइएको
रत्नपार्क पुर्ननिर्माण गरि आजबाट सशुल्क प्रबेशको व्यवस्था सहित खुला गरिएको काठमाडौ महानगरपालिकाले जनाएको छ । रत्नपार्क प्रवेश शुभारम्भ गर्दै उपप्रधान स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले अबको केहिदिन भित्र सबिधानको मस्यौदा आउने विश्वास व्यक्त गरेका थिए । साथै उहाँले १६ बुँदे सहमति पूर्णरुपमा लागू हुन्छ, त्यसैका आधारमा संविधानको पहिलो मस्यौदा पनि आउँने बताउँनु भएको थियो ।
त्यस्तै त्यस अवसरमा उपप्रधानमन्त्री सिंहले काठमाडौं महानगरपालिका भित्र जग्गा अतिक्रमणको समस्या समाधान गर्न महानगरलाई निर्देशन समेत दिदै नेपाल प्रहरीलाई एम्बुलेस हस्तानतरण समेत गरिएको थियो । कार्यक्रममा मन्त्रालयका सचिव सोमलाल सुवेदी , नेपाल प्रहरीका प्रमुख महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङ लगायतका वक्ताहरुले पनि बोल्नु भएको थियो ।