काठमाडौ आषाढ ९, स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा सिके राउतलाई आज दिउँसो उत्तेजित नारा लगाउँदै जुलुश प्रदर्शन गर्न खोजेपछि प्रहरीले फेरि लहानबाट पक्राउ गरेको छ । स्वतन्त्र मधेस गठबन्धनद्वारा आयोजित कार्यक्रममा सहभागी हुन लहान आइपुग्नु भएका उहाँलाई प्रहरीले लहान नगरपालिकास्थित राधाकृष्ण होटल अगाडिबाट पक्राउ गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ । समाचारमा उल्लेख भए अनुसार राउतलाई इलाका प्रहरी कार्यालय लहानमा राखिएको छ ।