शुक्रबार, चैत्र १७, २०७९

यो समय भाषण होइन पुर्ननिर्माण र विकासमा जोड दिने समय हो : अर्थमन्त्री महत

गोविन्द पोखरेल /नयाँ दिल्ली ज्येष्ठ २९, नेपाल सरकारका अर्थ मन्त्रि डा। रामशरण महतले, अव भाषण गर्नेहरू भाषण मा मात्र सिमित रहलान तर बेला आएको छ गरेर केही देखाउने। देश लाई उन्नती को पथमा अग्रसर गराउने अभिभारा हामी सबै नेपालीको काँधमा थप जिम्मेवारी पूर्ण बनेर चुनौती को रूपमा आएको वेला भाषण र विरोध मा मात्र सिमित रहनेहरू अव धरासायी हुने बताउँनु भएको छ ।
मन्त्री महतले भारतमा रहेका पत्रकार, बुद्धिजिबी, बिद्यार्थी तथा सामाजिक अगुवाहरू संगशुक्रवार भएको भेटघाटको क्रममा यस्तो अभिव्यक्ति दिनु भएको हो ।

123 त्यस्तै उहाँले नेपालमा महाभूकम्प पिडीतहरूका लागि सबैले सरकारको पहलमा राहत पाएको बताउदै त्यस्तो कुनै पिडीत नहोला जसले उपचार पाएको छैन, त्यस्तो कुनै पिडित नहोला जसले राहत सामाग्री नपाएको होला, हल्ला बढी गरेर हुदैन। हो अपवाद को रूपमा कुनै पिडितलाई कम पुग्यो होला कुनैलाई बढी, कसैले पचास किलो चावल पाएको होला कुनै ले केवल दश किलो  फरक भनेको यति मात्र हो बताउँदै एनजिओ, आईएनजिओ, बिधार्थी, पत्रकार र समाजसेवीले बिभिन्न क्षेत्रबाट र भारत प्रवासबाट राहत सामाग्री बोकेर दैवी प्रकोप प्रभावित क्षेत्रमा वितरण गरेको कार्य उल्लेखनीय रहेको जिकिर सहित प्रस्तुत अतुलनीय सहयोग प्रति नेपाल सरकार कृतज्ञ रहेको बताउँनु भएको थियो।

त्यस्तै उक्त अवसरमा भारतका लागि नेपालका राजदुत दिपकुमार उपध्यायले मुलुकमा आएको संकट प्रति प्रवासी नेपाली समुदायमा उल्लेखनीय योगदान रहेको थियो। अव पुर्ननिर्माणमा सबै पक्ष एकजुट भएर लाग्नु पर्नेमा जोड दिनु भएको थियो।  त्यस अवसरमा प्रवासी नेपालीको समस्या संग सम्बन्धित बिषय मन्त्री महतलाई  जानकारी गराइएको थियो । नेपाली कांग्रेसको भारतस्थित भातृ संगठन नेपाली जन सम्पर्क समिति, राष्ट्रिय जन मोर्चा नेपालको भातृ संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, नेकपा एमालेको भातृ संगठन प्रवासी नेपाली संघ र नेकपा माओवादीको भातृ संगठन अखिल भारत नेपाली एकता समाज को संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा इन्जिनियर बिष्णु प्रसाद बराल ,अभाने एकता मंचका लक्ष्मण पन्त, प्रनेसंघ का लोकनाथ भण्डारी र मूप्रअभाने एकता समाज का ठाकुर खनाल लगायतका वक्ताहरुले   बोल्नु  भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2015
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031