बुधबार, अशोज १७, २०८०

यस्तो दाता सम्मेलनको तयारी

काठमाडौ अषाढ २,  विनाशकारी भूकम्पपछिको पुनःनिर्माण, पुनःस्थापना तथा नवनिर्माणका निम्ति बाह्य सहयोग जुटाउँन भन्दै अर्थमन्त्री डा रामशरण महतको संयोजकत्वमा गठित सम्मेलन तयारी समितिको आयोजनामा आगामी अषाढ १० गते काठमाडौमा आयोजना हुने दाता सम्मेलनको आयोजना गरिने भएको छ । nepal-gov-logoसम्मेलनमा सहभागी हुन सरकारले छिमेकी मुलुक भारत र चीन सहित ३७ राष्ट्र र २३ दातृ निकायलाई आमन्त्रण गरिसकेको छ ।

त्यस्तै प्रस्तुत  सम्मेलनमार्फत सरकारले   पुनर्निमाणका लागि आवश्यक रु छ खर्ब ६६ अर्ब   रकम जुटाउने लक्ष  राखेको छ ।  त्यसोत  पुनर्निर्माणका लागि सरकारले  रु दुई खर्बको कोष खडा गरिसकिएको छ ।

त्यस्तै सम्मेलनको प्रम सुशील कोइरालाले मुलुकको पुनःनिर्माण, पुनःस्थापना तथा नवनिर्माणका निम्ति सम्मेलनमा सहभागी राष्ट्रका दातृ प्रतिनिधीहरुलाई सहयोगको आग्रह सहित मन्तव्य दिदै सम्मेलन उद्घाटन गर्ने कार्यक्रम रहेको बुझिएको छ । त्यस्तै सम्मेलनमा दातालाई भूकम्पअघि र पछिको नेपालका प्रमुख गन्तव्यस्थलको दृश्य समेटिएको वृत्तचित्र प्रदर्शन गर्दै सम्मेलनका सहभागीलाई भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक संरचना, विश्वसम्पदा सूचीमा सूचीकृत मठमन्दिर, दरबार र प्रभावित केही जिल्लाको स्थलगत अवलोकन गराइने तयारी पनि रहेको थाहा भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2015
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031