मङ्लबार, अशोज १६, २०८०

महासङ्घले राहत, पुनःस्थापना र अधिकार प्राप्तिको अभियान सुरु गर्ने

काठमाडौ ज्येष्ठ ३१, नेपाल पत्रकार महासङ्घले भूकम्पपीडित सञ्चारकर्मी र सञ्चारमाध्यमलाई राहत, पुनःस्थापना र पुनःनिर्माण एवम श्रमजीवी पत्रकारको अधिकार प्राप्तिको अभियान एकसाथ सुरु गर्ने निर्णय गरेको छ । भूकम्पबाट अति प्रभावित जिल्ला सिन्धुपाल्चोकको चौतारामा आइतबार पूर्व सभापतिहरू हरिहर विरही, सुरेश आचार्य र विष्णु निष्ठुरीको उपस्थितिमा सम्पन्न केन्द्रीय FNJ_logo2समितिको पाँचौं पूर्ण बैठकबाट विस्तृत कार्ययोजनासहित सो निर्णय गरेको महासङ्घका महासचिव उजिर मगरद्दारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख रहेको छ ।

त्यस्तै विज्ञप्तिमा पत्रकारको दुर्घटना बिमा र द्वन्द्वपीडित पत्रकार कल्याण कोषको कार्यान्वयन एवम् आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापनाका लागि सरकारको ध्यानाकर्षण गराउँदै भूकम्पबाट अति प्रभावित पत्रकार, कर्मचारी, कामदारलाई राहत र पुनःनिर्माणमा सहयोग गर्न सञ्चारसंस्थालाई अपिल गर्दै महासङ्घले यसका लागि उपाध्यक्ष खिलबहादुर भण्डारीको संयोजकत्वमा सात सदस्यीय संयन्त्र पनि गठन गरेको छ ।

त्यसैगरी महासङ्घले श्रमजीवी पत्रकारको न्यूनतम् पारिश्रमिकमा तत्काल पुनरावलोकन गर्न र त्यसो गर्दा राष्ट्रिय तहका सञ्चारमाध्यमका श्रमजीवी पत्रकारको मासिक न्यूनतम् पारिश्रमिक कम्तिमा रु २० हजार पु¥याउन पनि माग गर्दै मुलुकका प्रमुख राजनीतिक दलहरूबीच हालै भएको १६ बँुदे सहमतिको स्वागत सहित परिवर्तनका एजेन्डालाई संस्थागत गर्न परिवर्तनकारी शक्तिबीच व्यापक सहकार्य अपरिहार्य रहेकामा महासङ्घले जोड दिदै नया“ संविधान जारी गर्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति हुनुपर्नेमा पनि महासंघले जोड दिएको छ ।

केन्द्रीय समितिको पाचौं पूर्ण वैठकबाट पारित प्रस्ताव सहित

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2015
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031