सोमवार, चैत्र १३, २०७९

मन्त्रालयको आलटाले प्रवृतिबाट सयुक्त विद्यार्थी संगठन आक्रोशित

काठमाडौं अषाढ ९,  नेविसंघ लगायतका सयुक्त विद्यार्थी संगठनको ले शिक्षा मन्त्रालयसँग यस अघि भएको ६ बुँदे सहमति र त्यस्तै गरि ज्येष्ठ ३१ गते भएको ५० प्रतिशत शुल्क मिनाह सम्बन्धि सहमति इवम् निर्णयहरु कार्यान्वय नभएको भन्दै असन्तुष्टि जनाएका छन् । बुधबार राजधानीम बसेको विद्यार्थी संगठनहरुको संयुक्त बैठकले शिक्षा मन्त्रालय, निजी विद्यालयहरुको संगठन प्यासन तथा एनप्यावसन, विद्यालय प्रशासन लगायतलाई आँफुहरुसँग गरेका  11061707_10153429865072329_8832755723208350038_nसहमति तत्काल कार्यान्वयन नगरेको भन्दै असन्तुष्टि जनाएको हो ।

त्यस्तै बैठकले शिक्षा मन्त्रालय, निजी विद्यालयहरुको संगठन प्यासन तथा एनप्यावसन, विद्यालय प्रशासनलगायतलाई आँफुहरुसँग गरेका सहमति तत्काल कार्यान्वयन गर्न र विद्यालयहरुले विभिन्न शिर्षकमा लिदैआएको अनावश्यक शुल्क व्रिज कोर्षका नाममा रकम असुल्ने प्रवृतिमा तुरुन्त रोक लगाउँन त्यस्तैगरि जानकी मेडिकल कलेज र नोवेल मेडिकल कलेका आन्दोलनरत विद्याथीरुका जायज माग तत्काल पुरा गर्न समेत माग गरेको छ ।

त्यस्तै मन्त्रालयको आलटाले प्रवृति अनुगमनका नाममा झारा टार्ने काम मात्रै गरेको भन्दै असन्तुष्ट सयुक्त विद्यार्थी संगठनले स्वतन्त्र अनुगमन टोली बनाएर विद्यालयको अनुगमन गर्ने बैठकले निर्णय गरेको नेविसंघ प्रवक्ता यूपी लामिछानेले जानकारी दिनु भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2015
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031