शुक्रबार, चैत्र १७, २०७९

भूकम्प पिडित पत्रकारका लागि अमेरिकाका यूवाले पठाए करिव १ लाख

काठमाडौं ज्येष्ठ २१,   सूचना तथा सञ्चार मन्त्री डा। मीनेन्द्र रिजालले कुनै पनि व्यक्तिले गरेको सहयोगबाट अरुले पनि प्रेरणा लिएर विपत्तिमा परेकालाई सकेको मद्दत गर्नुपर्ने बताउनुभएको छ। भूकम्प पिडित पत्रकारका लागि केहि गरौ भन्ने नाराका साथ नेपाल प्रेस युनियन शुरु गरेको अभियानका क्रममा संयुक्त राज्य अमेरिकामा बसोबास गर्दै आएका नेपाली युवाको प्रयासमा भूकम्पपीडित press union-sahayogपत्रकारको सहयोगका लागि सङ्कलित रकम युनियनलाई हस्तान्तरण गर्न आयोजित कार्यक्रममा उहाँले व्यक्तिगत पीडा बिर्सेर मातृभूमिको वेदना बुझेर सहयोग गर्ने युवाको प्रयास सबैका लागि प्रेरक हुनुपर्ने बताउनुभयो। नेपाली काँग्रेस प्रचार विभाग प्रमुख समेत रहुनुभएका मन्त्री रिजालले सञ्चारकर्मीका समस्या समाधान गर्नेतर्फ आफूसधै सचेत रहेको बताउनुभयो।

कार्यक्रममा युनियनका अध्यक्ष बद्री सिग्देलले भूकम्पपछिको जटिल अवस्थामा सञ्चारकर्मीले ज्यान जोखिममा पारेर समाचार सङ्कलन तथा सम्प्रेषण गरेका बताउदै भूकम्पप्रभावित क्षेत्रमा कार्यरत पत्रकारलाई सरकारले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो। युनियनका महासचिव अजयबाबु शिवाकोटीले घरबासविहीन भएको अवस्थामा अहोरात्र खटेर काम गर्ने भूकम्पपीडित पत्रकारलाई सबैले सक्दो सहयोग गर्न आह्वान गर्नुभयो।

अमेरिकामा बस्ने नेपाली युवा सञ्जय आचार्य, शैलेन्द्र तेज्या, मनिता श्रेष्ठ, लक्ष्मी बास्तोला र मिलन श्रेष्ठको पहलमा भूकम्पपीडित पत्रकारको सहयोगका लागि रु ९१ हजार सङ्कलन गरिएको थियो। उक्त कार्यको संयोजन प्रेस युनियनका पार्षद लोकराज अधिकारीले गर्नुभएको थियो।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2015
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031