बुधबार, साउन २५, २०७९

भारतीय विदेशमन्त्री स्वराजले मागिन् सहयोगको बदलामा हिन्दुराष्ट्र

प्रधानमन्त्री सुशील कोइरालासँग बहुलबादका बिषयमा स्पष्ट हुन आग्रह गरेकी थिइन भने एमाले अध्यक्ष केपी शर्मा ओलीसँग हिन्दुराष्ट्रका पक्षमा जनमत भएकाले त्यसलाई अंगिकार गर्न आग्रह

काठमाडौ आषाढ १३ , सरकारले गरेको गत आषाढ १० गते आयोजना गरेको अन्तराष्ट्रिय दाता सम्मेलनमा भाग लिन आएकी भारतीय विदेशमन्त्री सुष्मा  स्वराजले भूकम्पबाट क्षतिग्रस्त संरचनाको निर्माण गर्न नेपाललाई एक खर्ब रकम दिने घोषणा गरिन् । अन्य देशभन्दा निकै ठुलो धनराशी दिने घोषणा गरेर स्वराजले भारत नेपालको सवभन्दा ठुलो सहयोगी र नजिकको छिमेकी राष्ट्र भएको संदेश बिश्वमाझ दिइन । तर यो सन्देस संगसंगै भारतीय विदेशमन्त्री 11657518_10202963857216104_1370427344_nस्वराजले सम्मेलन लगतै राष्ट्रपति डा रामवरण    यादवसंग भएको भेटमा  स्वराजले २५ ज्येष्ठ  मुख्य चार राजनीतिक दलबीच भएको सहमति प्रति असन्तुष्टी जनाइन् । उनले बुहलवाद र धर्म निरपेक्षताका बिषयमा भारतीय सरकारको दृष्टीकोण पनि राखिन् । स्रोतका अनुसार उनले राजनीतिक तहमा भएको १६ बुँदे सहमतिमा बहुलबाद र धर्मनिरपेक्षता बिषयमा नखुलेको भन्दै असन्तुष्टी जनाइन । भारतको भन्दा राजनीतिक दलहरुले यूरोपियन यूनियनको सल्लाहमा काम गरिरहेको आरोप समेत लगाएको  बुझिएको  छ ।

१६ बुँदे सहमतिप्रति राष्ट्रपति यादव पनि असन्तुष्ट छन् । दलिय सहमति पछि सात बर्षदेखिको गतिरोध अन्त्य हुने र नयाँ संविधान बन्नेमा सवै आशावादी छन् । तर आफ्नो पद धरापमा पर्ने देखेपछि राष्ट्रपति यादव निराश छन् । स्वराजको असन्तुष्टीमा उनी खुसी भएका छन् । १६ बुँदे सहमति राष्ट्रपति यादव र भारत दुवै असन्तुष्ट थिए । उनीहरुको स्वर मधेशबादी दल र सर्वोच्च अदालतले बोलेको थियो ।

राष्ट्रपति यादवसँगको भेटपछि भारतीय प्रधानमन्त्रीको संदेश मुख्य राजनीतिक दलका नेताहरुलाई पनि स्वराजले दिइन । प्रधानमन्त्री सुशील कोइरालासँग बहुलबादका बिषयमा स्पष्ट हुन आग्रह गरेकी थिइन भने एमाले अध्यक्ष केपी शर्मा ओलीसँग हिन्दुराष्ट्रका पक्षमा जनमत भएकाले त्यसलाई अंगिकार गर्न आग्रह गरेको स्रोतले बताएको छ । भारतीय बिदेश मन्त्री स्वराजले सहयोगको बदलामा हिन्दुराष्ट्र र बहुलबाद मागेकी छिन् । उनले राजनीतक तहमा यस्तो माग गरेपछि संविधान निर्माणको प्रक्रियामा असर पर्ने राजनीतिक बृत्तमा चर्चा चल्न थालेको छ ।  popularkhabar.com बाट

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2015
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031