शनिबार, चैत्र १८, २०७९

भागम्भागको जिन्दगी

 गौतम डंगोल “सन्देश” /   यसरी कहिले सम्म भागम्भागको जिन्दगी जीउने । अमुर्त अदृश्य विनाशकारी शक्तीको चण्डी जगाई कुन बेला कहिले सम्म विद्यमान रहने हो सुर्इको सम्म कसैलाई छैन । हावामा गोली हानेर लागि हाल्छ की भनेर च्याँखे थापेर बसेका बाबा, लामा अनि ज्योतिषिहरुको पौरख अनि गौरव पनि प्रहरी खोर भित्र सुस्ताएर बसेकोे अवस्था छ । अनि टोल टोलमा गल्ली गल्लीमा आफसेआफ जन्मिएका बेनामधारी भुक्म्पशास्त्री वा भन्नुहोस भुकम्पविदको हावादारी अन्दाजाहरुको पनि त्यहि हावामा बोलि फुस्किरहेको अवस्था छ । यता बैशाख १२ र २९ को त्राशद मन मस्तिक भरी फिजाएर बाँचेका नेपाली दाजुभाइ दिदीबहिनीमा रात विरात, बिहान दिउँसो बेलुका नभनि पराकम्पन नाभधारी आतंकले मुटु झोस्ने क्रम पनि दुरुष्त गतिमा चलायमान छ ।

कत्तिले त चाल पाउन छाडेका छन् भने कत्ति त अझै पनि भागम्भागको अवस्थामा छन् । त्यो भन्दा पनि कत्ति त यहा“ थाहा पाएर पनि थाहा नपाएको अभिनय गरी निर्भयताको नायकत्व ग्रहण गर्न विवश छन् ता कि आफ्ना वरपर डर र भयमा अनिर्णित जीवन व्यतित गरीरहेका प्रियजनमा जीवनप्रति फेरी झिनो आशा जगाउन सकियोस । लडेका आस्थाका धरोहरुलाई फेरी माथि उठाउन सकियोस ।

यो देशमा विभिन्न कालखण्डमा चलेका विभिन्न नामले अलङकारित युद्घ लडेका योद्घा होस या भनौ आतंककारी, अझ भनौ विनासकारी, विखण्डनवादिहरु र अन्य के के के के जसले निकै सुरापन देखाए ती युद्घताका, जसको विरताको गनुगान आज पनि निकै गाएको सुनिन्छ । त्यसै गरी विदेशी भुमिमा सुरापन देखाएर प्रसिद्घि कमाएका वीर गोर्खाली । ती सबैका ती सुरापन समेत दुलो भित्र लुकेको अवस्था छ । किनकी यो युद्घमा प्रतिद्धन्दि अमुर्त छ, अदृश्य छ । हिन्दी चलचित्रमा देखाइने भुत प्रेतात्मा जस्तो छ, जसको न कुनै रुपरङ्ग छ न त कुनै आवाज नै छ । न कुनै समय तालिका छ न त कुनै हु“कार नै छ । यो त कायर झैं अदृष्य बनि हामै्र वरपर मुसुमुसु हाँसेर घुमिरहने अनि घरि घरि असर देखाउने घोर अवसरवादी षडयन्त्रकारी धुन्डकारी राक्षस जो परे । हिम्मतिला भएर आँखा आगाडि देखा पर्दा हुन् त हाम्रा युद्धक छातिहरु पनि मार या मरको स्थतिमा तम्सिन्थे होलान् ।

विनाश आयो, धेरै जनलाई निर्जन पारेर गयो, बाँचेकालाई घरवार बिहिन बनाएर गयो, टुहुरो बनायो, विधुवा बनायो, कहाली मच्चाएर गयो । अब रुनलाई आँशु समेत बााकी नरहने गरी छाती भरी पिडा कोचेर गयो । घरवार गयो, आफन्त प्रियजन गए, असिम पिडा छ छातिमा । आखाँहरु त भलै रसाउन छाडेका छन, रोदन नभएर हैन बरु अघि भनेझंै अश्रु सुकेर । अब हाम्रा रुवाइहरु बोलीमा सिमित भएका छन् । तर ती सबका बावजुद पनि जीवनरुपी ठेला गाडा अगाडी बढाउनु नै छ । कीनकी यो निरशताका वीच पनि समयले गति छोडेको अवस्था छैन, बिहानी र रात्रिले एक अर्कालाई पछ्याउँदै महिना, बर्ष बिताउने क्रम भंग भएको अवस्था छैन । यो अवस्थामा यिनै समय नामधारी जेलरको निगाहमा कैद हामी मानव जिवनले पनि त्यहि गतिलाई आत्मसात गरी फेरी उठेर हिंड्न थाल्नु बाहेक हामा्र सामु अर्को विकल्प छैन ।

दैनिक जसो भोगिरहको यो त्रासले आक्रान्त छौं सबैजना । अझै पनि आज हो कि भोलि हो कि, म कहाँ तिमी कहाँ भन्ने सम्मका उन्नत अन्तिम त्रासादिले हाम्रा मानसपटल ग्रसित भएको अवस्था छ । यो त्रासले हाम्रो गति रोकिदेला तर समयलाई कदाचित् रोक्न नसक्ला । समय को त्यो गतिले आवश्यकताका भ्रुणलाई निरन्तर जन्म दिइराख्ला र अन्तत हाम्रो चलायमान हुने प्रयास असफल भएमा तिनै आवश्यकताको भुमरीमा जिवन रुमल्लिने सम्भावना प्रवल छ । डर छ, त्रास छ, लुकेको पिडा छ, छोपेको घाउ छ तर त्यसै संग अर्को कुरा जीवन छ जसलाई जीवन्तता दिन जस्तो सुकै अवस्थामा पनि चलायमान हुनु जरुरी छ । हो यो असिम पिडाले यो समय चक्रलाई पनि त्यहि पिडा लाड्न सकेको भए, यसलाई पनि पर्ख है भनेर थप्प बे्रक लाउन सकेको भए, एकै क्षण, एकै पल सुस्ताउन पाउँथ्यौं, ढल्न पाउँथ्यौं केहि पल तर हामीले भोगको पिडाका छालहरु त्यति बलिया छैनन् जसले समयको आवेगलाई रोक्न सकोस । उहि निर्धालाई जतैबाट जसले पनि घोच्ने प्रचलित कु्रर मानविय सिद्घान्त अनुसार नै यसले पनि हाम्रै कोमल मुटुमा बार बार घोचिरहने मात्र हो ।

अत अव शिरमा कफन बाँधेर बेपरवाह अगाडि पाइला सार्दै जाने हो जीवनरुपी टुुहुरोलाई अभिभावकत्व प्रदान गर्न । भोलिका दिनहरु प्रतिको मोह, लोभ लालचलाई पुर्णतया त्याग गर्न नसकेतापनि अत्यन्त न्युन आशामा जीवनलाई निदरता उन्मुख बनाउँदै लाने हो र सामान्य जीवन तिर फर्किने हो । किनकी अगाडि भनिए जस्तै समय रोकिंदैन । हामी दैलामा बसेर आ“शुको सागरमा डुबेर अचल भइ बस्दा पनि र हाम्रो रोकाई र समयको चलाइले अन्तत ठुलो फासला उत्पन्न गराइदिन्छ जसले फेरी अर्को थप गर्ने भनेको उहि असन्तुष्टि, नैराश्यता, पिडा, घाउ अनि घोर पागलपन नै हो जसले मान्छेलाई आत्महत्याको बाटोतिर दोह–याउँछ । अब घाइते लडेकाहरु वरपर भग्नावशेषका रुपमा बा“की रहेका पर्खालमा आड लिएर उभिनुपर्छ र बिस्तारै बिस्तारै लड्दै उठ्दै गरेर भए पनि अघि बढ्नुपर्छ । घाउहरुलाई टाल्दै पुर्दै त्रासलाई वेवास्ता गर्दै छाती खोलेर भोलिको जीवन प्रतिको मोह त्याग गरेर आजको जीवन जीउनु पर्छ किनकी भोलिकोलगि जीवन साँचेर आज मर्नु कदापि युक्तिसंगत नहोला ।

आखिर कहिले सम्म १ कहिले सम्म प्रत्येक पल मरेर बाँच्ने १ कहिले सम्म यहि भागम्भागको जीवन जिउने  !

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2015
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031