आइतवार, चैत्र १९, २०७९

पशुपति बृद्धाश्रमका बृद्धबृद्धालाइ पौष्टिक भोजन

काठमाडौ ज्येष्ठ २४ ,  पशुपति बृद्धाश्रममा आश्रय लिई बसेका बृद्धबृद्धाहरुलाई रकम बितरण गर्नुका साथै सामूहिक भोजन गराईएको छ । वारा जिल्ला निजगढ नगरपालिका निवासी नवराज अधिकारी तथा मुक्तिनाथ अधिकारीको परीवारले आफ्नी स्वर्गीय माता चुडादेवीको ४५ औँ दिनको पुण्य तिथिका दिन आईतबार यहाँका २ सय २५ जना बृद्धबृद्धारुलाई रकम बितण गर्नुृका साथै भोजन गराएका हुन् ।

मुक्तिनाथ अधिकारीले आफ्नी आमाको उपचारको क्रममा ४५ दिन अघि कठमाडाँैंको बाँसबारीस्थित न्युरो अस्पतालमा असामयीक निधन भएको हुँदा पशुपति आर्यघाटमा दाहसंस्कार गरीएको स्मरण गर्दे यहाँका बृद्धबद्धाहरुलाई ममतामयी आमाको स्मरणमा आफुले सकेको मानवीय कार्य गरेको बताउनुभयो ।

सो अवसरमा यहाँका प्रत्येक बृद्धबृद्धालाई गरी जम्मा १२ हजार ५ सय रकम प्रदान गरिएको नवराज अधिकारीले बताउनुभयो । यो रकम बुबाआमाको सम्मान स्वरुप प्रदान गरिएको पनि उहाँले बताउनुभयो । त्यसैगरी २५ हजार ५ सय बराबरको पौष्टिक खाना खुवाईएको त्यस अवसरमा जानकारी गराईयो ।

DSC04984आफुहरुलाई धेरै व्यक्ति तथा संघ संस्थाले खाना तथा फलफुल बितरण गरेपनि आर्थिक रक भने कमैले मात्र दिने गरेको यहाँका बृद्धबृद्धाहरुले बताएका छन् । त्यस अवसरमा बृद्धबृद्धाले आफुहरुलाई आफ्ना साख्यै छोराछोरीले हेला गरेपनि बुढेसकालमा सयौं सहयोगी छोराछोरीहरुले सहयोग गरेकामा खुसि ब्यक्त गर्दे आशिर्वाद दिएका थिए ।
त्यस अवसरमा स्वर्गीय चुडादेवीका छोरी तथा बुहारीहरु मन्जु अधिकारी, लक्ष्मी अधिकारी, सरस्वती अधिकारी, पार्वती अधिकारी, रिता अधिकारी, दुर्गा अधिकारीलगायते बृद्धबृद्धाहरुलाई खाना खुवाएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2015
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031