सोमवार, चैत्र १३, २०७९

पत्रकार झा राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित

पीडालाई बिर्सेर अहोरात्र जनता समक्ष सूचना प्रवाह गर्ने सञ्चारकर्मी र सञ्चार माध्यमलाई सहयोग गर्न सरकारले विशेष सहयोगको प्याकेज ल्याउने तयारी

काठमाडौ ज्येष्ठ २४,  सञ्चार मन्त्रालयमा आज विशेष कार्यक्रमकावीच पत्रकार धर्मेन्द्र झालाई राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७१ बाट पुरस्कृत गरिएको छ । पत्रकार झाका साथै imagesपत्रकारत्रय केशव पराजुली, तेजप्रकाश पण्डित र मेघराज शर्मालाई क्रमस जनही रु दुई लाख राशिको वरिष्ठ पत्रकार सम्मान–२०७१ बाट सञ्चार मन्त्री डा मीनेन्द्र रिजाल र सचिव सुनिबहादुर मल्लले सयुक्तरुपमा पुरस्कृत तथा सम्मान गर्नुभएको हो ।

त्यस्तै सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सरकार प्रवक्त समेत रहेका मन्त्री डा रिजालले भूकम्पपछिको विपत्मा आफ्नो पीडालाई बिर्सेर अहोरात्र जनता समक्ष सूचना प्रवाह गर्ने सञ्चारकर्मी र सञ्चार माध्यमलाई सहयोग गर्न सरकारले विशेष सहयोगको प्याकेज ल्याउने तयारी गरिरहेको जानकारी दिन भएको थियो । त्यस्तै उहाँले विपत्मा पनि विश्राम लिन नपाउने पेसा पत्रकारिता क्षेत्रमा पनि भूकम्पबाट क्षति भएकाले सञ्चार मन्त्रालयबाट हुन सक्ने सहयोग मन्त्रालयबाट गरिने र त्यस बाहेकको सहयोग आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिने बताउनुभएको थियो ।

कार्यक्रममा मन्त्रालयका सचिव सुनिलबहादुर मल्ल राष्ट्रिय पत्रकार पुरस्कार सिफारिस समितिको तर्फबाट पत्रकार राजेश मिश्र र वरिष्ठ पत्रकार सम्मान सिफारिस समितिका तर्फबाट पत्रकार अनिता विन्दुले छनोट विधिका बारेमा जानकारी गराउँदै आगामी दिनमा गर्नुपर्ने सुधारका लागि सुझाव दिनुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2015
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031