आइतवार, चैत्र १९, २०७९

पत्रकारलाई धम्की दिने नायक गौतमलाई कारबाहीको माग

काठमाडौ आषाढ ७,  नेपाल पत्रकार महासंघको एसोसिएट संस्था चलचित्र पत्रकार संघका सदस्य एवम् फिल्मी बजार डटकमका पत्रकार श्यामसुन्दर गिरीलाई Press release 7 asarहाल अमेरिकामा रहेका नायक सुदर्शन गौतमले भौतिक कारबाही गर्ने धम्की दिएकोमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघ सचिव ध्रुव लम्सालद्दारा आज जारी प्रेस विज्ञप्तिमा पत्रकार गिरीलाई समाचारको विषयलाई लिएर नायक गौतमले अषाढ २ गते अमेरिकाबाट टेलिफोन गरी ज्यानको धम्की दिएको पीडित पत्रकारले महासंघलाई जानकारी गराएको उल्लेख रहेको छ ।

त्यस्तै विज्ञप्तिमा प्रकाशित समाचारप्रति चित्त नबुझे या गुनासो छ भने त्यसउपर कानुनी उपचारको मार्गप्रशस्त हुँदाहुँदै पत्रकारलाई भौतिक कारबाहीको धम्की दिनु प्रेस स्वतन्त्रताविरोधी काम भएको भन्दै महासंघले पत्रकार गिरीलाई दिएको धम्कीको कडा शब्दमा भत्र्सना सहित  धम्की दिने नायक गौतममाथि कानुनी कारबाही गरी पत्रकारको भौतिक सुरक्षाको ग्यारेन्टी गर्न सरकारसँग माग गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2015
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031