काठमाडौ ज्येष्ठ ३१, नेकपा एमालेले गत वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षति भएको बसन्तपुर दरवरस्थित ऐतिहासिक विश्व सम्पदा क्षेत्र, मठ–मन्दिर तथा देवालय क्षेत्रमा सरसफाइ
गरेको छ । सरसफाइ कार्यक्रमको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नु भएको थियो भने कार्यक्रममा नेकपा (एमाले) का पार्टी अध्यक्ष ओलीसहित नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेललगायत पदाधिकारीको उपस्थिति रहेको थियो ।
नेकपा एमालेले उपत्यकामा भएका सबै भातृसङ्गठनलाई केन्द्रीकृत गरी ऐतिहासिक विश्व सम्पदा क्षेत्रको सरसफाइमा लाग्न गरेको सर्कुलर अन’रुप आज यो अभियानको सुरवात गरिएको हो। अभियानमा पार्टीका भातृसङ्गठनहरु अखिल नेपाल किसान सङ्घ, अखिल नेपाल महिला सङ्घ, युवा सङ्घ नेपाल, अनेरास्ववियुका दस्यहरुको उपस्थिती रहेको थियो ।