बुधबार, चैत्र १५, २०७९

दातृराष्ट्रका प्रतिनिधीहरु क्षतिग्रस्त हनुमानढोका क्षेत्रमा

काठमाडौ आषाढ ९,  नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन राजधानी आईपुगेका दातृराष्ट्रका प्रतिनिधीहरु मध्ये युनेस्को प्रतिनिधिमण्डलका प्रमुख क्रिस्टिन मार्टिनसहितका टोलीले आज भूकम्पबाट क्षति भएको विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका क्षेत्रको आज अवलोकन IMG_3848sjh_eventPHotograpHY_ earthquake_clearing_basantapur_2072गर्नुभएको छ ।

भूकम्पले सो क्षेत्रका करिब ८० प्रतिशत ऐतिहासिक एवम् पुरातात्विक भवनलाई क्षति पु¥याएको छ । काष्ठमण्डप, भाजु देवल, नारायण मन्दिर, लक्ष्मीनारायण मन्दिर, शिवपार्वतीको मन्दिर, नौतलेदरबारमध्ये तीनतला, गद्दीबैठक,कागेश्वर मन्दिर, तलेजु मन्दिर, पञ्चमुखी हनुमानको सम्पदा र संस्कृतिको धरोहरलाई क्षति भएको छ । पूर्ण क्षति नभएका संरचनालाई फलाम तथा काठको टेकाद्वारा अड्याइएको छ ।

हनुमानढोका हेरचाह अड्डाका प्रमुख सरस्वती सिंहले विशिष्ट अतिथिलाई सो क्षेत्रको बारेमा अवगत गराउनुभएको थियो ।

यसैवीच नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी राजधानी आएका विशिष्ट पाहुनाले भूकम्पबाट क्षति भएको ऐतिहासिक साँखु सहरको आज अवलोकन गर्ने कार्यक्रम समेत रहेको थाहा भएको छ । त्यस्तै भ्रमणदलमा भुटान, श्रीलङ्का, अस्ट्रेलिया, नर्वे, विश्वबैंक, डेनमार्क, फिनल्यान्ड, जाइका, एसियाली विकास बैंकका प्रतिनिधीहरुको सहभागिता रहने अधिकारीहरुले जानकारी दिएका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2015
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031