काठमाडौ अषाढ १३, सञ्चार उद्यमी जमिम साहको हत्यामा संलग्न भई ६ वर्षदेखि फरार नेपाल प्रहरीका पूर्वडीएसपी जगदीश चन्दलाई प्रहरी अपराध महाशाखाले पक्राउ परेका छन्। यसअघि फरार पूर्वडीएसपी चन्दविरुद्ध इन्टरपोलले समेत रेडकर्नर नोटिस जारी गरेको थियो। साह हत्याकाण्डका मुख्य योजनाकार बब्लु श्रीवास्तवसँग चन्दको टेलिफोन सम्पर्क देखिएको सार्वजनिक भए लगत्तै उनि फरार भएका थिए । महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले शनिबार दिउँसो चन्दलाई निजकै निवासबाट पक्राउ गरिएको पुष्टि गर्नु भएको हो ।