आइतवार, चैत्र १९, २०७९

काठमाडौँ उपत्यका थप एक वर्षका लागि सङ्कटग्रस्त क्षेत्र घोषणा

मन्त्रिपरिषद्को  बैठक: 

काठमाडौ ज्येष्ठ ३१,   मन्त्रिपरिषद्को आज बसेको बैठकले गत बैशाख १२ गतेको महाभूकम्पका कारण धरापमा रहेका र जोखिमयुक्त बनेका घर भत्काउन काठमाडौँ उपत्यकाका तीन जिल्लालाई थप एक वर्ष सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको सरकारका प्रवक्ता एवम् सञ्चार मन्त्री डा मीनेन्द्र रिज��लले जानकारी दिनुभएको छ । प्रम निवास बालुवाटारमा बसेको आजको मन्त्री परिषदकोबैठकले cabinetदैवी प्रकोप उद्धार ऐन, २०३९ अनुरुप यस्तो घोषणा गरेको हो।

त्यस्तै बैठकले सरकारले स्थापना गरेको रु दुई खर्बको राष्ट्रिय पुनःनिर्माण कोषमा अन्तर्राष्ट्रिय सहयोग जुटाउन गैरनेपाली आवासीय सङ्घका अध्यक्ष शेष घलेलाई सद्भावना विशेष दूतका रुपमा नियुक्त गर्नुको अलावा रानीबारी हत्याकाण्डको सफल अनुसन्धान गर्ने प्रहरी नायब महानिरीक्षक हेमन्त मल्ल ठकुरीलाई रु ३० हजार, प्रहरी नायब उपरीक्षक भीमबहादुर दाहाललाई रु २५ हजार, प्रहरी निरीक्षकद्वय महेश बस्नेत र दीपेन्द्र अधिकारीलाई जनही रु २२ हजार नगद पुरस्कार दिने निर्णय गरेको छ ।

त्यस्तै बैठकले महालेखा नियन्त्रकको कार्यालय र नेपाल ट्रष्टको कार्यालयमा रिक्त विशिष्ट श्रेणीको रिक्त पदमा क्रमशः राजेन्द्र नेपाल र केदारबहादुर अधिकारीलाई कायममुकाय नियुक्त गरी पदस्थापन गर्ने निर्णय गरेको छ भने महाभूकम्पबाट प्रभावित पर्यटन क्षेत्रलाई गति दिन पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपाशुर शेर्पाको अध्यक्षतामा राष्ट्रिय पर्यटन प्रवद्र्धन समिति गठन गर्ने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2015
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031