आइतवार, चैत्र १९, २०७९

काँग्रेसले बनायो १५० परिवारका लागि ३ हजार घर

काठमाडौ अषाढ ६, नेपाली काँग्रेसले भूकम्पबाट घर क्षतिग्रस्त भएका तीन हजार १५० परिवारका लागि अस्थायी संरचना बनाई हस्तान्तरण गरेको छ । यी संरचना पार्टीले  nc office11304320_10153339261602329_1742406648_nस्वयंसेवक परिचालन गरी निर्माण गरेको हो । गत ज्येष्ठ ६ गते बसेको काँग्रेस पदाधिकारी बैठकले भूकम्प प्रभावित जिल्लामा श्रमदानका लागि स्वयम्सेवक खटाउने निर्णय गरेको थियो । निर्णयअनुसार प्रभावित २२ जिल्लामा १५ हजार स्वयम्सेवकलाई भत्किएका अस्थायी संरचना निर्माण र राहत एवम् उद्धारमा खटाएको  थियो  ।

भत्किएको एक हजार १२५ घरको धराप संरचना हटाइएको प्रवक्ता दीलेन्द्रप्रसाद बडूले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो। त्यस्तै पत्रकार सम्मेलनमा केन्द्रीय कार्यसमितिको गत वैशाख १४ गतेको निर्णयअनुसार नेपाली काँग्रेस भूकम्पपीडित सहयोग कोषको नामबाट राष्ट्रिय वाणिज्य बैंक सिंहदरबार शाखामा खोलिएको खाता नं ११३०००३७६३०१ मा हालसम्म रु एक करोड ६४ लाख ३९ हजार ९२९ विभिन्न सङ्घ संस्था र व्यक्तिबाट जम्मा भएको काँग्रेसले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2015
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031