शनिबार, चैत्र १८, २०७९

काँगेसमा क्रियाशील सदस्यता विवाद चरमचुलीमा

बागी र मृतकका नाममा समेत क्रियाशील सदस्यता  नविकरणको फाराम दर्ता

काठमाडौ अषाढ ४, नेपाली काँग्रेसको १३औं महाधिवेशन आगामी भाद्र२४ गतेबाट काठमाडौंमा सुरु हुँदै छ । प्रस्तुत महाधिवेशनको मिति नगिचिदै गर्दा काँग्रेसमा क्रियाशील सदस्यता विवाद बढ्दै पनि त्यहि रफ्तारमा बढ्दै गएको छ । जसरी पनि पार्टीको नेतृत्व हत्याउने योजना अनुरुप पार्टीको शिर्षतहबाटै सुरु भएको यो विवादका कारण अहिले काँग्रेस मुख्यालयमा क्रियाशील सदस्यताको नाममा थरीथरीका उजुरी दर्ता हुनुको अलावा अनेकन लफडा सुरु भएको बुझिएको छ ।

 nc officeयहाँसम्मकी मृत्यु भइसकेका व्यक्तिको नाममा रहृको क्रियाशील सदस्यता नम्बर राखेर अर्कै व्यक्तिको नाममा सदस्यता फाराम दर्ता भएपछि विवादले उग्ररुप लिएको स्रातेले जनाएको छ ।

यसैगरी संविधानसभाको चुनावमा काँग्रेसको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने बागी र उसको प्रस्तावक–समर्थकको समेत सदस्यता खारेज गर्ने निर्णय काँग्रसले यसअघिनै गरेपनि तिनीहरुका नाममा समेत क्रियाशील सदस्यता नविकरणको फाराम केन्द्रीय कार्यालयमा दर्ता भएपछि त्यस्ता क्रियाशील सदस्यता खारेजीको माग गर्दै छानबिन समतिमा उजुरी दर्ता भएको छ ।
पार्टीको केन्द्रीय समतिले यसअघि नै आगामी १४ साउनमा नगर, वडा र गाउँ अधिवेशन गर्ने, २२ साउनमा क्षेत्रीय अधिवेशन गर्ने र २६ साउनमा जिल्ला अधिवेशन गर्ने गरी कार्यतालिका तय गरिसकेको छ । कांग्रेसले यस पटक ६ लाख क्रियाशील सदस्य नघाउने लक्ष्य राखेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2015
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031