बुधबार, चैत्र १५, २०७९

एसएलसी परीक्षाको नतिजा अषाढको पहिलो साता

भक्तपुर ज्येष्ठ ३१.   गत चैत ५ गतेदेखि १३ गतेसम्म सञ्चालन भएको २०७१ सालको प्रवेशिका परीक्षाको नतिजा अषाढको पहिलो सातासम्ममा सार्वजनिक गर्ने गरी अन्तिम तयारी सुरुगरिएको  परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।  वैशाख १२ गतेको महाभूकम्प र त्यसपछिका श्रृखलावद्ध पराकम्पनका कारण प्राविधिक समस्या सिर्जना भएका कारण परीक्षाफल सार्वजनिक गर्न केही दिन ढिलो भएको जनाउँदै परीक्षा नियन्त्रण कार्यालयले परीक्षाको नतिजा सार्वजनिक गर्नका लागि अति गोप्य कामहरू भइरहेको जानकारी दिँदै परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले ढिलोमा अषाढको पहिलो सातासम्ममा नतिजा सार्वजनिक हुने बताउँनुभएको छ।

त्यस्तै नियन्त्रक द्वारेल यस वर्षदेखि सुरु भएको प्राविधिकतर्फको प्रवेशिकाको नतिजा भने प्रवेशिका परीक्षाको नतिजा सार्वजनिक भएको एकसातापछि मात्रै सार्वजनिक हुनेछ बताउँनु भएको छ । प्राविधिक विषयको ९९ विद्यालयको नतिजा भने ग्रेडिङ सिस्टममा प्रकाशित गर्ने भएकाले एकसाताको समयसिमा राखिएको जानकारी दिनुभएकोछ ।

यस वर्षको परीक्षामा कूल पाँच लाख ७४ हजार ६८५ जना परीक्षार्थी सहभागी भएका छन् जसमा नियमिततर्फ छात्र दुई लाख १२ हजार ५०४ र छात्रा दुई लाख १३ हजार ७१० गरी कूल चार लाख २६ हजार २१४ जना तथा एक्जाम्टेडतर्फ छात्र ५९ हजार २५३ जना र छात्रा ८५ हजार ९३० जना गरी कूल एक लाख ४५ हजार १८३ जना परीक्षार्थी र प्राविधिकतर्फ भने छात्र दुई हजार ३७ जना र छात्रातर्फ एक हजार २५१ जना गरी तीन हजार २८८ जना परीक्षामा सहभागी भएका छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2015
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031