शनिबार, चैत्र १८, २०७९

एउटा जीवन

  एउटा जीवन जीउनु छ
त्यो एउटा जीवन भित्र धेरै जीवन मर्नु छ
एउटा जीवन जीउनु छ

एक खित्का हाँसो हाँस्नु छ
त्यो एक खित्का हाँसो भित्र हजार पिडा लुकाउनु छ
त्यसैले प्रिय मेरो एक खित्का हाँसोलाई अन्तिम नसम्झ
त्यसैले प्रिय मेरो एक खित्का हाँसोलाई अन्तिम नसम्झ
त्यो भित्र लुकेका पिडाहरुको पनि गिन्ती गर
एउटा जीवन जीउनु छ
त्यो एउटा जीवन भित्र धेरै जीवन मर्नु छ
एउटा जीवन जीउनु छ

एउटा खुशीको उत्सव मनाउनु छ
त्यो एउटा उत्सव भित्र धेरै धेरै मलामी जानु छ
त्यसैले प्रिय त्यो उत्सव देखेर लोभिन नआउ मेरो नजीक
त्यसैले प्रिय त्यो उत्सव देखेर लोभिन नआउ मेरो नजीक
त्यो भित्र म डुबेका शोकहरुको पनि लेखाजोखा गर
एउटा जीवन जीउनु छ
त्यो  एउटा जीवन भित्र धेरै जीवन मर्नु छ
एउटा जीवन जीउनु छ

गौतम डंगोल “सन्देश”

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2015
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031