काठमाडौ आषाढ ९, संविधानसभाले दिएको १५ भित्रै संविधान मस्यौदा तयार गर्ने तयारी एकीकृत प्रारम्भिक मस्यौदा कार्यदलको आज अपरान्ह बसेको बैठकले कार्य सम्पादनको गतिलाई तिव्र बनाएको छ । समितिका सभापति एवम् कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाका अनुसार संविधानको प्रारम्भिक एकीकृत मस्यौदा निर्माण कार्य उत्साहजनक ढङ्गले भईरहेको जानकारी दिनु भएको छ ।
त्यस्तै उक्त कार्यदलले समितिका सदस्यलाई अध्ययन र छलफलका लागि आगामी शुक्रबार बस्ने बैठकमा एकीकृत प्रारम्भिक मस्यौदासहितको प्रतिवेदन उपलब्ध गराउने तयारी भएको जानकारी दिदै आषाढ ११ गते बस्ने बैठकमा उक्त प्रतिवेदन पेश गर्ने आजको बैठक स्थगित गरिएको बुझिएको छ ।