शुक्रबार, मंसिर १५, २०८०
Dashain

आज विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय योग दिवस मनाईदै

प्रम् कोइरालाद्दारा भारतीय प्रम् मोदीलाई शुभकामना

काठमाडौ अषाढ ६,  आज संयुक्त राष्ट्र सङ्घले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मान्यता प्रदान गरेको पहिलो अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि शान्ति र सद्भावका लागि योग भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी मनाईदै छ । यसैक्रममा आज स्वास्थ्य मन्त्रालयद्वारा आयोजित विशेष कार्यक्रमकावीच राष्ट्रिय योग दिवसको प्रतीकचिह्न समेत सार्वजनिक गर्दैछ । मानवीय जिवनकोमा खानपिन र जीवनशैलीमा आएको परिवर्तनसँगै योग साधना अहिले समाजको अपरिहार्य आवश्यकता बन्न पुगेको छ ।

यसैवीच प्रधानमन्त्री सुशील कोइरालाले अन्तर्राष्ट्रिय योग दिवसका उपलक्ष्यमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई तथा शुभकामना दिनुभएको छ । प्रम कोईरालाले शनिवार भारतीय प्रधानमन्त्री मोदीलाई उहाँले गतवर्ष संयुक्त राष्ट्र सङ्घमा गर्नुभएको ऐतिहासिक पहलबाट यो दिवस सम्भव भएको र नेपाल यसको सुरुवाती समर्थक भएको उल्लेख गर्दै पठाउँनु भएको सन्देसमा गतवर्ष डिसेम्बर १४ मा १७७ देशले समर्थन गरी संयुक्त राष्ट्र सङ्घको महासभाले जुन २१ लाई योग दिवस घोषणा गर्नु उत्साहजनक भएको र यसले योगको लाभलाई विश्वमा पहिचान दिलाएको पनि बताउनुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2015
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031