काठमाडौ अषाढ २, आज बिहान काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस गरिएको छ । बिहान ५ बजेर ५८ मिनेट जाँदा काठमाडौंलाई केन्द्रबिन्दु बनाउँदै ४.४ म्याग्निच्यूडको कम्पनले करिब ३ सेकेन्डसम्म हल्लाएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। त्यसैगरी बिहानै ६ बजेर १६ मिनेटमा पनि अर्को भूकम्पको धक्का महसुस भएको छ। यसअघि मंगलबार राति दोलखा केन्द्रबिन्दु भएको भुकम्पको धक्का महशुस भएको थियो । मंगलबार राति ९ बजेर ५६ मिनेटमा दोलखा केन्द्रबिन्दु भएको ४.१ म्याग्निच्यूटको भूकम्प गएको थियो ।