शुक्रबार, चैत्र १६, २०८०

राजदूत उपाध्याय र मुख्यमन्त्री केजरीवालबीच नयाँ दिल्लीमा भेटवार्ता

काठमाडौ ज्येष्ठ ८,  भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले नयाँ दिल्लीमा भारतीय नेताहरूसङगको भेटघाटलाई तीव्रता दिनुभएको छ । KTM-Dipkumar-and-Kejariwalभूकम्पबाट प्रभावितहरुको सहयोगका लागि भारतका तर्फबाट हुनसक्ने सहयोगका लागि राजदूत उपाध्यायले भारतीय नेताहरूसङगको भेटघाटलाई तीव्रता दिनु भएको हो ।
यसैक्रममा राजदुत उपाध्याय भारतीय नेताहरूवीच भएको भेटघाटको क्रममा भारतीय नेताहरूले नेपाललाई आवश्यक पर्ने सक्दो सहयोग गर्ने वचन दिएको राजदूत उपाध्यायलाई उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै राजदूत उपाध्यायले विहिवार नयाँ दिल्लीका मुख्य मन्त्री केजरीवालसङग विशेष भेटवार्ता गर्नु  भएको र त्यस क्रममा मुख्यमन्त्री केजरीवालले नेपालको दुःखमा आफूहरू पनि सँगसँगै रहेको बताउँदै हरेक किसिमको सहयोग गर्न आफूहरू तयार रहेको आश्वासन दिनुभएको थाहाा भएको छ। त्यस्तै यसअघि राजदूत उपाध्यायले हिजोनै गृहमन्त्री राजनाथ सिंहलाई भेट्नुभएको  थियो । फोटो साभार  weeklynepal.com