सोमवार, चैत्र १३, २०७९

धादिङ तसर्पू गाविस भूकम्पपिडितलाइ हिमानी कोषको राहत

काठमाडौं ज्येष्ठ २ ,   हिमानी कोषले धादिङस्थित तसर्पू गाविसका ५०० भूकम्पपीडित परिवारलाई आज तीन हजार थान जस्तापाता उपलब्ध गराएको छ । गत वैशाख १२ Himanishah_officialphoto_thumbगते गएको महा भूकम्प र त्यपछिका पराकम्पनका कारण आहात भएका तसर्पू गाविसमा जनताको राहतका तथा पुनःनिर्माणमा सहयोग गर्दै कोषले यस्तो सहयोग गरेको हो ।

कोषले उक्त गाविसमा रहेको करिब एक हजार २०० घरधुरी मध्ये वडा न। ३, ४, ५ र ६ का स्थानीयलाई टहरा बनाई पुनर्वास गराउने उद्देश्यले कोषले सहयोग गरेको प्राप्त  समाचारमा उल्लेख गरिएको छ। 

 त्यस्तै समाचारमा कोषका अध्यक्ष हिमानी शाहले स्थानीयलाई सहयोग प्रदान गर्दै विनाशकारी भूकम्पका कारण राष्ट्रमा ठूलो धनजनको क्षति भएको र यस्तो अवस्थामा दुःखमा परेका नागरिकलाई कोषमार्फत मानवीय सहयोग गरिएको बताउनु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2015
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930