बिहिबार, चैत्र १५, २०८०

महाभूकम्पबाट आहात बनेका पिडितहरुकालागि विश्व हिन्दु महासङघको राहत

(हिमानी कोषका सदस्य अर्चना शर्मालाई ५०० थान कम्बल र खाद्य सामाग्री हस्तान्तरण गर्दै)

काठमाडौ वैशाख २७,  विश्व हिन्दु महासङघले गत बशाख १२ गते गएको विनाशकारी महाभूकम्पबाट आहात बनेका काठमाडौं उपत्यका तथा सिन्धुपाल्चोक, नुवाकोट,  धाडिङग, दोलखार काभ्रे लगायतका जिल्लाका पिडितहरुकालागि राहत सामग्री वितरण कार्यलाई तिब्र बनाएको छ ।

महासङघको अन्र्तराष्ट्रिय उपाध्यक्ष अर्जुन वास्टोलाको संयोजक्त्वमा गठित राष्टिय समितिले महासङघ भारत इकाइका प्रमुख अन्तर्राष्ट्रियका केन्द्रीय सदस्य तथा भारत लोकसभाका सासद एवम् गोरखनाथ मन्दिरका पिठाधिश्वर महन्त योगि आदित्यनाथजिको पहलमा हिन्दु युवा बाहिनी गोरखपुरबाट प्राप्त राहत सामाग्री भूकम्प प्रभावित   जिल्लामा  वितरणका लागि पठाईएको महासङघका अन्तर्राष्ट्रिय समितिका सचिव अस्मिता भण्डारीद्दारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा हिन्दु युवा बाहिनी गोरखपुरबाट प्राप्त उक्त राहत सामाग्री वास्तविक भूकम्प मक्ष पुगोस भन्ने लक्ष्यसहित महासङघले हिमानी कोष, रोटेक काठमाडौं लगायतका सङघ सस्थासङग सहकार्य गर्दै सो संस्थाहरुलाई समेत समाग्री हस्तान्तरण गरिएको जनाएको छ।