काठमाडौं बैशाख २४, गत बेशाख १२ गतेको विनाशकारी महाभूकम्प र त्यसपछि लगातार गएका श्रृंखलाबद्ध महाविपत्तिबाट पिडित नेपालीहरुको लागि हिमानी कोषले विनाशकारी महाभुकम्पमा परेका पीडितहरुका लागि राहत अभियान थालेको छ ।
प्रस्तुत अभियान अन्र्तगत कोषले धापासी, गोकर्ण ,नयाँपाटी, धापाखेल लगायतका विभिन्न स्थानमा राहत स्वरुप पीडितलाई त्रिपाल, म्याट, पानी ट्याङकी,औषधीलगायत अति आवश्यक दैनिक उपभोग्य बस्तु चामल, नुन, तेल, चिउरा पनि वितरण गरेको छ ।