बिहिबार, बैशाख ६, २०८१

सम्पदास्थलबाट भग्नावशेष हटाउन सुरु

काठमाडौ ज्येष्ठ २,  गत बैशाख  १२ र २९ गतेभूकम्पको तथा त्यस अघिपछिको पराकम्पबाट क्षतिग्रस्त भएका राजधानी लगायतका पुरातात्विक महत्वका सम्पदास्थलबाट भग्नावशेष हटाउन थालिएको छ । नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको संयुक्त टोलीले स्थानीयसङघसस्थाको समेत उपस्थितीमा पुरातात्विक महत्वका basant2 संरचनाको भग्नावशेष हटाउन थालेको हो ।

उक्त टोलीले शक्रवारदेखि भीमसेन दरबार, त्रिपुरेश्वरस्थित नारायण मन्दिर र शिव मन्दिर, पशुपतिनाथस्थित गोरख क्षेत्र, शङ्खमूलस्थित जगतनारायण मन्दिर, बन्तपुर दरवार, जयबागेश्वरी मन्दिर, पाटनस्थित भुःक्षे घर, बुङमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरस्थित भग्नावशेष हटाउने कार्य सुरु गरिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै भग्नावशेष हटाउने तथा क्षतिग्रस्त स्थलको सरसफाइको क्रममा पुरातात्विक महत्वका सम्पदास्थलबाट प्राप्त मूर्ति तगायतका सामाग्रीहरु पुरातत्व विभागको रोहवरमा छाउनीमा भण्डारण गरिएको नेपाली सेनाले जनाएको छ