शुक्रबार, बैशाख १४, २०८१

संभावित महामारी रोक्न फोहरमैला व्यवस्थापन गर्न निर्देशन

काठमाडौ बैशाख २८ , व्यवस्थापिका–संसद्अन्तर्गतको वातावरण समितिले भूकम्प प्रभावित क्षेत्रमा महामारी फैलन सक्ने सम्भावित खतरा रहेको भन्दै फोहरमैलाको  व्यवस्थापन गर्न सरोकारवाला निकायलाई निर्देशन दिएको छ ।

त्यस्तै समितिका सभापति जनकराज चौधरीको सभापतित्वमा आज बसेकोले बैैठकले भूकम्प प्रभावित क्षेत्रमा खानेपानी र शौचालयको व्यवस्थापन गर्न तथा राहत वितरणका क्रममा देखिएका प्लास्टिकलगायत अन्य फोहरमैलाको व्यवस्थापन गर्न सहरी विकास मन्त्रालय र फोहरमैला व्यवस्थापन प्राविधिक केन्द्रलाई ध्यानाकर्षण सहितको यस्तो निर्देशन दिएको हो ।

बैठकमा मन्त्रालयका सहसचिव रामचन्द्र देवकोटा, फोहरमैला व्यवस्थापन प्राविधिक केन्दका निर्देशक सुमित्रा अमात्यलगायतको उपस्थितीरहेको थियो