शुक्रबार, चैत्र १६, २०८०

संकल्प प्रस्तावमाथि जारी छलफल सकिए आजै पारित गरिने

 काठमाडौं बैशाख २८,  भूकम्प प्रभावितको राहत र पुनस्र्थापनाका लागि व्यवस्थापिका संसदको पेस भएको २७ बुँदे संकल्प प्रस्तावमाथि आज पनि सभासद्हरुले भनाइ राख्ने क्रम जारी रहने संसद सचिवालयले जनाएको छ ।

यसअघि हिजो र आज छलफल गरेर संकल्प प्रस्ताव पारित गर्ने भनिए पनि बोल्ने सभासद्हरु बढी भएकाले आज प्रस्ताव पारित हुने संभावना न्यून भएपनि जारी छलफल सकिए प्रस्ताव आजे पारित गरिने तयारी रहेको संसद सचिवालय स्रोतले जनाएको छ ।

नयाँ आवास नीति र एकीकृत वस्ती विस्तार योजना सरकारले बनाउनु पर्ने संकल्प पनि प्रस्तावमा उल्लेख छ । हिजो पहिलो दिन प्रस्तावमाथि छलफलको क्रममा अधिकांश सभासदहरुले सरकारको चर्को आलोचना गरेका थिए । उनीहरुले सरकारले पीडितहरुको उद्धार, राहत र पुनस्र्थापनामा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै असन्तुष्टि जनाएका थिए ।