शनिबार, बैशाख ८, २०८१

व्यवस्थापिका संसद्को अधिवेशन सुरु, शोक प्रस्ताव पारित

संविधानभा बैठक ज्येष्ठ १ गते

काठमाडौ वैशाख २४ , आजबाट सुरु भएको व्यवस्थापिका–संसद्को तेस्रो अधिवेशनान गत वैशाख १२ गतेको भूकम्पमा परी भएको जनधनको क्षतिका सम्बन्धमा प्रस्तुत dd8009e0ed9669183aa8f3b1141963d9विशेष प्रस्तावतथा पूर्वसभासद चक्रबहादुर ठकुरीको निधन प्रति शोकप्रस्ताव पारित गरिएको छ ।
बैठकको प्रारम्भमा सभामुख सुवास नेम्वाङले राष्ट्रपति डा रामवरण यादवले संसद्को तेस्रो अधिवेशनबारे पठाउनुभएको पत्र वाचन गर्दै महाभूकम्पका कारण मुलुकमा भएको जनधनको क्षतिका सम्बन्धमा विशेष प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

प्रस्तावमा सभामुख नेम्वाङले गोरखाको बारपाक केन्द्रबिन्दु भई गएको ७.६ रिक्टर स्केलको भूकम्प र त्यसपछि पटक पटक गएका विनासकारी भूकम्पले हजारौँ व्यक्तिको ज्यान गएको तथा लाखौँ जनता घरबारविहीन भई विश्वसम्पदा सूचीमा रहेका बहुमूल्य सम्पदा एवम् पूर्वाधारको समेत क्षति भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको उल्लेख गरिएको छ ।  त्यस्तै बैठकले भूकम्पमा परी दिवङ्गत भएकाको आत्माको चिरशान्तिको कामनाका साथ शोकसन्तप्त परिवारप्रति सहानुभूति तथा समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । व्यवस्थापिका–संसद्को अर्को बैठक यही वैशाख २५ गते अपराह्न १३.०० बजे बस्नेछ ।

यसैवीच सभामुख सुवास नेम्वाङले यही वैशाख २५ गते बस्ने भनिएको संविधानसभाको बैठक आगामी जेठ १ अपराह्न ३ बजे बस्ने बैठकलाई जानकारी गराउनुभएको थियो ।