बिहिबार, चैत्र १५, २०८०

विद्यालयको अस्थायी टहरा निर्माण गरी समुदायलाई हस्तान्तरण

काठमाडौ ज्येष्ठ १३,  एमाओवादीले स्युचाटारस्थित पञ्चकन्या माध्यामिक विद्यालयको निम्ति अस्थायी टहरा निर्माण गरी आज समुदायलाई imagesहस्तान्तरण गरेको छ ।  गत बैशाख १२ र २९ गतेको महामभूकम्पका कारण पूर्णरूपमा ध्वस्त भएको उक्त विद्यालयको टहरा बनाउन गत ज्येष्ठ ८ गतेदेखि २०० स्वयम्सेवक परिचालन गर्दै विद्यालय निर्माणको लागि श्रमदान सहित जस्ता, काठलगायत स्थानीय तहमा उपलब्ध सामग्रीको अधिकतम प्रयोग गरी निर्माण गरिएका ती टहरा एमाओवादका नेता देवेन्द्र पौडेलले मङगलवार विद्यालयका प्रधानाध्यापक तेजनारायण कापडीलाई हस्तान्तरण गर्नुभएको थियो ।

त्यस अवसरमा नेता पौडेलले म्ुलुकले झेल्नु परेको विपत्लाई सामना गर्न सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिँदै अहिले पार्टीले भूकम्प अतिप्रभावित क्षेत्रका जनताको पुनःस्थापना तथा सामाजिक संस्थाका भवन पुनःनिर्माणमा स्वयम्सेवक परिचालन गरेको बताउनुभएका
प्राप्त समाचारमा जनाइएको छ ।