शनिबार, बैशाख ८, २०८१

वर्षायाम सुरु हुनुअघि नै भूकम्प प्रभावित क्षेत्रका जनतालाई जस्तापाता: मन्त्री डा.रिजाल

काठमाडौं ज्येष्ठ १०,    सरकार प्रवक्ता एवम सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले भूकम्पपीडित जनताको तत्काल पुनर्वासको लागि जस्तापाता नै पहिलो आवश्यकता रहेको बताउनुभएको छ ।  सरकारको निर्देशनअनुसार गतबैशाख १२ गते भएको विनाशकारी महाभूकम्पको पिडाबाट आहत भएका काभ्रेपलाञ्चोक क्षेत्रमा वितरित राहतको सुपरिवेक्षणमा खटिनुभएका मन्त्री डा रिजालले वर्षायाम सुरु हुनुअघि नै भूकम्प प्रभावित क्षेत्रका जनतालाई अस्थायी बशोवासका लागि जस्तापाता उपलब्ध गराउनु एकमात्र विकल्प भएको बताउनुभएको छ ।

श्निवार काभ्रे पुग्नु भएका मन्त्री डा. रिजालले पीडितका समस्याबारे जानकारी लिने क्रममा यस्तो अभिव्यक्ति दिनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै उहाँले त्यस क्रममा स्थानीय निकायका प्रतिनिधिलाई सरकारबाट उपलब्ध हुने रकम बराबरको जस्तापाता तत्काल न्यायोचित ढङगमा वितरणको व्यवस्था मिलाउँन पनि निर्देशन दिनुभएको समाचारमा जनाईएको छ ।  त्यस्तै मन्त्री डा रिजाल नेतृत्वको उत्त, टोलीले काभ्रेपलाञ्चोकका भकुण्डे, मेथिनकोट, पात्लेखेत, कानपुर, सस्र्युंखर्क, पोखरीनारायण स्थान, चापाखोरी, मङ्गलटारलगायत गाँउ विकास समितिका भूकम्प प्रभावित क्षेत्रमा पुगी उद्धार तथा राहत कार्यमा भएका कामकारबाहीको जानकारी दिनु भएको थियो ।