शुक्रबार, बैशाख १४, २०८१

रेडक्रस चिह्न दुरूपयोग नगर्न आग्रह

काठमाडौ वैशाख २७ , नेपाल रेडक्रस सोसाइटीले तटस्थता, निष्पक्षता र मानवीय सेवा झल्काउने रेडक्रस प्रतीक चिह्नको दुरूपयोग नगर्ने सम्बद्ध सबैलाई आग्रह गरेको छ । downloadभूकम्पको खोज, उद्धार तथा राहतमा सोसाइटीका स्वयम्सेवकलगायत सिङ्गो देश नै अनवरत जुटिरहेको बेला रेडक्रस चिह्नप्रति संवेदनशील बन्न सोसाइटीले आज एक विज्ञप्ति जारी गरी सम्बद्ध सबै पक्षसङग आग्रह गरेको हो ।

त्यस्तै रेडक्रस सोसाइटील चीनबाट भूकम्पपीडितको सहयोगार्थ प्राप्त सामग्रीभन्दा अन्य सामग्रीमा पनि रेडक्रस चिह्न अङ्कित भएको पाएको जनाउँदै यसबाट रेडक्रस चिह्न दुरूपयोग भएको ठहर सहित गम्भीर आपत्ति प्रकट गर्दै प्रस्तुत प्रसङगमा अनुसन्धानका लागि सम्बन्धित निकायलाई समेत अनुरोध गरिको विज्ञप्तिमा उल्लेख गरिएको छ ।