शुक्रबार, चैत्र १६, २०८०

राहत नपुगे टोली फ्रि नम्बर १६६० ०१ २२ ३३४ फोन गर्न विशेष समितिको आग्रह

काठमाडौं ज्येष्ठ १,  व्यवस्थापिका–संसद्, राष्ट्रिय विपद् व्यवस्थापन, अनुगमन तथा निर्देशन विशेष समितिले भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री पुगे नपुगेकाबारे जानकारी गराउन सर्वसाधारण नागरिकसँग आग्रह गरेको छ । समितिले आज जारी गरेको सूचनामा यस्तो जानकारी विशेष समिति, व्यवस्थापिका– संसद् सचिवालय  सिंहदरबारमा पठाउन सकिने जनाइएको छ ।

यसका साथै टोली फ्रि नम्बर १६६० ०१ २२ ३३४ मा तथा समितिको इमेल rbipadsamiti@gmail.com मा पनि पठाउन सकिनेछ । भूकम्प प्रभावित ठाउँमा सरकार तथा विभिन्न निकायद्वारा भइरहेका कामकारबाहीको अनुगमन तथा निरीक्षणका लागि सभामुखको अध्यक्षतामा ७३ सदस्यीय विशेष समिति गठन गरिएको जानकारी सहित भूकम्प प्रभावित व्यक्तिलाई राहत सामग्री वितरण भए नभएको, उद्धारको काम भए नभएको र राहत सामग्रीको उचित प्रयोग भए नभएको विषयमा आफूलाई थाहा भएको जानकारी समितिमा पठाउन सर्वसाधारणलाई अनुरोध गरेको हो ।