बुधबार, बैशाख १२, २०८१

राष्ट्रिय पुनःनिर्माण समितिको पहिलो बैठक आज पनि बस्दै

काठमाडौ ज्येष्ठ १३,  महाभूकम्पछि राष्ट्रिय पुनःनिर्माणका लागि आवश्यक योजना तयार गर्ने उद्देश्यले प्रधानमन्त्री निवास बालुवाटारमा मङगवारबाट सुरु भएको राष्ट्रिय पुनःनिर्माण समितिको पहिलो बैठक आज पनि बस्दै छ।  बैठकमा भूकम्पपछिको अवस्था, त्यसको मूल्याङ्कन र आगामी नीति तथा कार्यक्रमका सन्दर्भमा प्रस्तुत गरिएको कार्यपत्रका विषयमा समाजका विभिन्न क्षेत्रका सहभागीले आ–आफ्ना धारणा राख्ने क्रम जारी रहेकाले आज पनि बैठक् ब्स्न लागेको हो ।

त्यस्तै मङगवारको बैठकमा पत्रकारसङग कुराकानी गर्दै प्रधानमन्त्री सुशील कोइरालाले सिङ्गो राष्ट्र एकताबद्ध भएर मुलुकलाई हालको विपद्को अवस्थाबाट निकास दिने विषयमा छलफल जारी बताउँदै राष्ट्रिय सहमति नै मूल मर्म रहेकाले सोहीअनुसार अगाडि बढ्ने धारणा राख्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।  त्यस्तै वन तथा भ–ूसंरक्षण मन्त्री महेश आचार्यले प्रस्तुत गर्नु भएको उक्त बैठकमा राष्ट्रिय योजना आयोगका छ जना पूर्वउपाध्यक्षहरू, भूकम्पविद्हरू, त्रिभुवन विश्वविद्यालयका भूगर्भविद् तथा प्राध्यापक, राष्ट्रिय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिस्ठान(नाष्ट)का विज्ञहरू, नागरिक सममाजका प्रनिनिधि, इन्जिनियर, अर्थविज्ञलगायतले आआफ्नो धारणा राख्न् भएको थियो ।  प्राप्त समाचारमा उल्ल्ेखभएअनुसार आजको बैठकले प्रस्तावित प्रसङमा ठोस कार्य निति तय गर्ने बुझिएको छ ।