मङ्लबार, बैशाख ११, २०८१

राष्ट्रिय पत्रकारिता पुरस्कार झालाई, वरिष्ठ पत्रकार सम्मान पराजुली, पण्डित र शर्मालाई

काठमाडौ ज्येष्ठ १५, पत्रकारिताको क्षेत्रमा सक्रिय एवम् समर्पित भई देश र जनताको समृद्धि तथा लोकतन्त्रको सुदृढीकरणमा उल्लेखनीय योगदान गरेको भन्दै सरकारले विहिवार २०७१ सालको राष्ट्रिय पत्रकारिता रु. २ लाख राशिको पुरस्कारपत्रकार महनसङघका पूर्व सभापति धर्मेन्द्र झा तथा वरिष्ठ imagesपत्रकारको सम्मान कास्कीका कुसुमकेशव पराजुली, तनहुँका तेजप्रकाश पण्डित र पाल्पाका मेघराज शर्मालाई प्रदान गर्ने घोषणा गरेको छ ।

सञ्चार मन्त्रालय, सञ्चार महाशाखा प्रमुख एवम् सहसचिव पुरुषोत्तमप्रसाद तिवारीको संयोजकत्वमा सूचना विभागका महानिर्देशक लक्ष्मीविलास कोइराला, नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष सूर्यमणि गौतम, रीता गुरुङ्ग र राजेश मिश्र सदस्य सहित गठन भएको सिफारिस समितिको सिफारिसअनुुसार पत्रकार झालाई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय भएको हो ।

यसैगरी सहसचिव पुरुषोत्तमप्रसाद तिवारीको संयोजकत्वमा सूचना विभागका महानिर्देशक लक्ष्मीविलास कोइराला, नेपाल पत्रकार महासङ्घका उजिर मगर, पत्रकार प्रतिनिधि प्रकाश रिमाल र अनिता विन्दु तथा प्रेस काउन्सिल नेपालका सुदर्शन आचार्य सदस्य एवम् सूचना तथा सञ्चार मन्त्रालयका उपसचिव यदु प्रसाद पन्थी सदस्य –सचिव रहेको छनोट समितिबाट सिफारिस भएअनुरुप वरिष्ठ पत्रकारत्रय पराजुली, पण्डित र शर्मालाई वरिष्ठ पत्रकार सम्मान प्रदान गर्ने निर्णय भएको उक्त मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

   यसैक्रममा  पुरस्कृत पत्रकार झा लगायत  वरिष्ठ पत्रकारत्रयमा  कान्तिपुर हटलाइनको तर्फकोबाट  हार्दिक शुभकामना  व्यक्त गर्दछौं ।