शुक्रबार, बैशाख १४, २०८१

राष्ट्रपतिले साँझ भिडियो सन्देश दिने

काठमाडौ ज्येष्ठ १४, राष्ट्रपति डा रामवरण यादवले मुलुकमा प्राकृतिक विपत्तिपछिको अवस्था र गणतन्त्र दिवसका अवसरमा आज साँझ ७ बजे शीतल निवासबाट भिडियो सन्देश दिनुहुने भएको छ । विगतका गणतन्त्र दिवस जेठ १५ मा लिखित वक्तव्यबाट सन्देश दिँदै आउनुभएका राष्ट्रपतिले यस पटक भिडियो सन्देश दिन लाग्नुभएको उहाँका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिनुभएको हो ।

भूकम्पका कारण भएको क्षतिका बारेमा केही दिनयता राष्ट्रपतिले स्थलगत अवलोकन गर्दै आउनुभएको छ । मुलुकमा प्राकृतिक विपत्ति परेको र सरकारले मितव्ययिता अपनाउने निर्णय गरेकाले दिवसका अवसरमा विगतमा झैँ यस पटक शुक्रबार चियापानलगायत कार्यक्रम हुने छैनन् ।