“रगतको आहालमा सिन्धु”
छातीको गहिरो घाउ चहराउन नछोड्दै
शिरमा अर्को प्रहार बल्झियो
जुरेको आँशु सुक्न नपाउँदै
सारा सिन्धु रगतको आहालमा डुब्यो
जानेहरु धेरै जना गए साथ साथ गए
भलै रुँदै गए चिच्याउँदै गए होलान्
तर बस्नेहरु नितान्त एक्लिए
हाँस्न त के रुन पनि कोहि साथी भेट्टिएन
एउटा कथा लाश हराएको नसकिंदै
नयाँ थुप्रै कथाहरुको पाना पल्टिएछ
सुनकोशीको बगरमा लाइनै धेरै जना जले
भलै पोल्न छोडेका शवहरु जले
तर भगनावशेष अगाडि थचक्क एकलकाँटे मनहरु जले
किरीया बस्ने त के मलामी पनि भेटिएन
पोहर सालका सेता लुगाहरु नफेरींदै
नयाँ सेता लुगाहरु दर्जीकोमा लाइन लागे…
– गौतम डंगोल “सन्देश”