शनिबार, बैशाख ८, २०८१

यही सरकारलाई राष्ट्रिय सरकारको प्रारुप दिन सरकार तयार: सञ्चारमन्त्री डा.रिजाल

कालोबजारी गरे कारवाही

काठमाडौ ज्येष्ठ ४,  सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री डा.मिनेन्द्र रिजालले भूकम्प पिडितहरुको सहयोगार्थ सरकारले जस्तापाता किनेर वितरण गर्दा समय लाग्ने minendraभएकाले सरकारले सिधै पिडितलाई पैसा दिने निर्णय गरेको बताउँनुभएको छ ।

राजधानीमा रिपोर्टस् क्लबले आज आयोजना गरेको कार्यक्रममा बोल्दै सञ्चारमन्त्री रिजालले १२ लाख जस्तापाताको माग भएको भन्दै विदेशमा समेत खरिदका लागि काम अघि बढेको र यसवीचमा कर्कटपाताको अभाव हुन सक्ने संभावना लाई ध्यान दिदै सरकारले कालोबजारी रोक्न कारवाहीको कुनै कसर बांकी नराख्ने बताउँदै उहाँले प्रधानमन्त्री कोईराका नेतृत्वको यही सरकारलाई राष्ट्रिय सरकारको प्रारुप दिन सरकार तयार रहेको जानकारी दिनुभएको छ ।