शुक्रबार, चैत्र १६, २०८०

भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या सात हजार ८०२ पुग्यो

  काठमाडौ बैशाख २४,  गत वैशाख १२ गते गएको विनासकारी महाभूकम्पमा परी अहिलेसम्म सात हजार ८०२ जनाको मृत्यु भएको छ भने घाइते हुनेको सङ्ख्या १६ हजार IMG_3077sjh_eventPHotograpHY_nepal earthquake_2072४३२ पुगेको गृहमन्त्रालयलेजनाएको छ।  गृहमन्त्रालयले आज साँझ सार्वजनिक गरेको विवरणमा मृत्युहुनेमध्येमा ६७ जना विदेशी त्यस्तैगरि ११जना कर्मचारी सशस्त्र प्रहरी बलका एक, नेपाली सेनाका नौ, नेपाल प्रहरीका पाँच र सर्वसाधारण गरि सात हजार ७०९ पुगेको जनाएको छ ।

त्यस्तै सिन्धुपाल्चोकमा सबैभन्दा धेरै दुई हजार ९९१ पुगेको छ भने काठमाडाँैंमा एक हजार २१० पुगेको जनाउँदै मन्त्रालयले भूकम्पका कारण सर्वसाधारणका दुई लाख ८८ हजार ७९८ घर र त्यस्तैगरि १० हजार ७९० सरकारी घर तथा भवन पूर्णरुपमा क्षति हुनुको अलावा आंशिकरुपमा दुई लाख ५४ हजार ११२ घरमा क्षति भएको मन्त्रालयले जनाएको छ ।