बिहिबार, बैशाख १३, २०८१

भूकम्पबाट ७ हजार पाँच सय ५७ को मृत्यु, १४ हजार ५ सय३६ घाइते

काठमाडौ  वैशाख २२,  विनाशकारी भूकम्पबाट मर्नेको सङ्ख्या (१०:१०) बजेको अपडेट अनुसार सात हजार ५ सय ५७ पुगेको गृहमन्त्रालयले उपलब्ध गराएको विवरणमा उल्लेख गरिएको छ । त्यस्तै 20150502_20150502__NUP6588_3323_1D_41D10विवरण्मा घाइतेको सङ्ख्या १४ हजार ५सय३६ पुगेको जनाएको छ । यस अवधिमा १० हजार ७१८ सरकारी घर तथा भवन पूर्णरूपमा क्षति भएका छन् भने १४ हजार ७४१ घर तथा भवन आंशिक क्षति जनाएको छ ।

सर्वसाधारणको एक लाख ९१ हजार ५८ घर पूर्णरूपमा क्षति भएका छन् भने एक लाख ७५ हजार १६२ घर आंशिक क्षति भएको छ । जनगणना २०६८ का अनुसार नेपालका कुल ५४ लाख ७७ हजार २२४ घरधुरीमध्ये ७।१५ प्रतिशत घर क्षति भएका छन् । सबैभन्दा बढी सिन्धुपाल्चोक जिल्लामा दुई हजार ९११ जना, काठमाडौँमा एक हजार २०२ जना र नुवाकोटमा ९०४ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।